रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?

काठमाडौँ । मानिस जहिले पनि सुविधाकै खोजीमा हुन्छ । सुविधाकै खोजीमा कतिपय मानिस गाउँबाट सहरतिर जान्छन् ।
अमेरिकामा भने एक महिला यति दुर्गम ठाउँमा रमाइरहेकी छन्, जहाँ नजिकको रासन पसलमा पुग्नसमेत २०० माइल यात्रा तय गर्नुपर्छ ।
२७ वर्षीय सलिना एल्सवर्थ बसेको ठाउँमा न कुनै रेस्टुरेन्ट छ, न किराना पसल नै छ । उनी अलास्काको पोर्ट अल्सवर्थमा बस्दै आएकी छन् ।
यो ठाउँमा उनका पुर्खा सन् १९४० देखि बस्न थालेका हुन् । सलिनाका पति जेरेड रिचर्डसन पनि यही गाउँमै रमाउन थालेका छन् । उनी खुसीसाथ सलिनाको पुर्ख्यौली थलोमा बसेका छन् ।
त्यसो त, यो गाउँमा सलिनाका दम्पतीमात्र छैनन् । यहाँ करिब १८० जनाको बसोबास छ । करिब दुई महिनामा एक पटक सलिना रासन किन्न जान्छिन् । जाडो मौसममा निकै चुनौतीपूर्ण हुने उनको भनाइ छ ।
सलिना एउटा सानो विमान लिएर सहरमा सामान किन्न जाने गर्दछिन् । यो निकै खर्चिलो हुने भएकाले एक पटक जाँदा कम्तीमा दुई महिनाका लागि पुग्ने सामान ल्याउने गरिएको उनको भनाइ छ । हिमपात र कुहिरोले कहिलेकाहीँ समस्या निम्त्याउने उनले बताइन् ।
सेलिनाले पतिसँग मिलेर सानो गिफ्ट शप, फेमिली रिसोर्ट सञ्चालन गरेकी छन् । यहाँ एउटा सानो क्लिनिक पनि छ । यसबाहेक अन्य सुविधा यहाँ छैन ।
सेलिनाका पुर्खाले थोरै सुविधा भएको ठाउँमा पनि बस्न सकिन्छ भनेर प्रमाणित गर्न चाहेका थिए । सोही आधारमा यहाँ उनीहरूलाई सरकारले जमिन दिएको थियो । सेलिना अहिले आफ्ना पुर्खाको सोही मान्यतालाई अझ बलियो बनाउन उद्यत् छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने
-
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक