२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्

वैदिक ज्योतिषमा शनिलाई क्रूर ग्रह मानिन्छ । शनिग्रहको नाम सुन्दैमा वा शनिग्रह चल्दैमा नराम्रो हुन्छ भन्ने जनमानसमा भ्रम परेको पाइन्छ । शनिदेवलाई न्यायका देवता मानिने हुनाले शनि चल्दैमा वा शनिको साढेसाती वा अढैया चल्दैमा डराइहाल्नु पर्दैन । सौर्यमण्डलमा शनिको गति अन्य ग्रहभन्दा ढिला छ । जसको कारण शनिलाई एक राशिबाट अर्को राशिमा जानलाई साढे दुई वर्ष लाग्छ यसलाई नै अढैयाका नामले जान्न सकिन्छ । ज्योतिष शास्त्रमा शनिलाई आयु, दुःख तथा प्रविधिको कारक ग्रह मानिन्छ । तुला राशिमा गोचर गर्दा शनि बलवान हुन्छ भने मेष राशिको शनि कमजोर मानिन्छ । मकर र कुम्भ राशिमा शनि स्वगृही हुने हुनाले अत्यन्तै बलशाली मानिन्छ र त्यही अनुसार फल प्राप्त हुन्छ । २७ नक्षत्रमध्य पुण्य, अनुराधा र उत्तरभाद्रपदा नक्षत्रको स्वामी शनिलाई मानिन्छ ।
राज्यमा शनिले न्यायलय, भौतिक सम्पत्तिमा इन्जिन र टेक्नोलोजी, शरीरमा नशा र ग्यास्ट्रिकको कारक ग्रह मानिन्छ । देशको न्याय संरचना, सवारी साधनको इन्जिन र स्वास्थ्यमा नशा र ग्यास्ट्रिकको कारक ग्रह मानिने हुनाले यी तत्त्वहरूमा शनिको सूक्ष्म निगरानी रहन्छ । शनि ग्रह बलवान हुँदा न्याय संरचना चुस्त हुने, सवारीसाधन वा टेक्नोलोजीको क्षेत्रमा फड्को मार्न सकिने र मानिसको स्वास्थ्य पनि तन्दुरुस्त हुन्छ । तर शनिदेव कमजोर भएमा नकारात्मक फल प्राप्त हुन्छ । शनिग्रहलाई जनताको कारक ग्रह पनि मानिने हुनाले चिना वा कुण्डलीमा राजयोग भएर शनि बलवान भए जनताको अपार सफलता प्राप्त हुन्छ । राजनीति वा सत्ता सुख प्राप्त हुन्छ भने तपाईँले गरेको शुभ कर्मलाई भाग्य वा समयको साथ रहन्छ ।
२०८२ सालमा शनिदेव मीन राशिमा रहने हुनाले निम्न राशि भएका व्यक्तिहरुलाई निम्न अनुसार अढैया र साढेसाती शनिको प्रभाव रहनेछ ।
१ कुम्भ राशि — वर्षभरि अन्त्य साढेसाति दशा रहनेछ ।
२ मीन राशि — वर्षभरि मध्य साढेसाति दशा रहनेछ ।
३ मेष राशि — वर्षभरि आद्य साढेसाति दशा रहनेछ ।
३ सिंह र धनु राशि — वर्षभरि मध्य साढेसाति दशा रहनेछ ।
शनिफल
झूटा आरोपहरू लाग्ने, कार्यमा ढिलासुस्ती, मान सम्मान तथा इज्जत प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्य सम्बन्धी समस्या देखापर्ने, शरीरमा आलश्यत तथा अल्छीपना बढेर जाने, चोटपटकको भए हुने र आर्थिक स्थिति कमजोर गराउने इत्यादि फलहरू साढेसाति र अढैया शनि पर्ने व्याक्तिहरुलाई हुनेछ ।
साढे साति र अढैया शनि भएपनि यदि तपाईँको जन्म कुण्डली तथा चिनामा शनि ग्रह स्वगृही, मित्रगृही, उच्च राशि, निचभङ्ग र ३, ६, ११ भावमा शनि भएमा शनिग्रहको नकारात्मक फल लाग्न छैन शुभ शुभ फल प्राप्त हुनेछ ।
शनिग्रहको नकारात्मक प्रभावबाट बच्नको लागी देवी पूजा, शनिमुद्रिका धारण, शनिस्तोत्र पाठ, पीपलमा जल चढाउने र ज्योतिषीको सल्लाह अनुसार रत्नको प्रयोग गर्नुपर्दछ ।
शनिस्तोत्र
नमस्ते कोणसंस्थाय पिङगलाय नमोस्तुते ।
नमस्ते विभुरुपाय कृष्णाय च नमोस्तुते ।।
नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च ।
नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभौ ।।
नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोश्तुते ।
प्रसादं कुरु देवेश देवेश दीनस्य प्रणतस्य च ।।
पीपलको प्राथना गर्ने मन्त्र
अश्वस्थ ! यस्मिन्त्वयि वृक्षराजे नारायणस्तिष्ठति सर्वकाले ।
अतः स्तुतस्त्वं सततं तरुणां धन्योस्सि चारिष्टविनाशको स्सि ।।
पीपलमा जल चढाउने मन्त्र
मूलतो ब्रहा्ररुपाय मध्यतो विष्णुरुपिणे ।
अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ