कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी

विराटनगर । तयारी नपुगेको भन्दै गत माघमा स्थगित भएको कोशी प्रदेश लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने पक्का भएको छ ।
प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयका संयोजक पवनकुमार तिमल्सेनाले विराटनगरमा आज पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएका हुन् । कोशी प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि लगानी सम्मेलन विराटनगरमा हुन लागेको हो ।
'लगानी सम्मेलनमार्फत कोशी प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न सम्भावनाका नयाँ क्षेत्रहरू खोजी गरी उद्योगहरू स्थापनामार्फत पुँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको छ,' उनले भने ।
लगानी सम्मेलनमा आठ वटा क्षेत्रका करिब ५४ वटा परियोजना सोकेसिड हुने जनाईएको छ । सम्मेलनमा लगानीकर्ताले झन्डै १ खर्बको परियोजनामा एमओयु हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज काेइरालाले जानकारी दिए ।
लगानी सम्मेलनपछि कोशी प्रदेश नेपालकै एक प्रमुख लगानी गन्तव्यको रूपमा परिचित हुने उनले अपेक्षा गरेका छन् । लगानी सम्मेलन विराटनगरको वीरेन्द्र गृहमा उद्घाटन हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत