बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

हमासले मानेन इजरायलको प्रस्ताव

बुधबार, ०३ वैशाख २०८२, ०८ : ४४
बुधबार, ०३ वैशाख २०८२

तेल अभिभ । गाजामा छ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्नु पर्ने इजरायलको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक जना वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको भन्दै बीबीसीले समाचार छापेको छ । इजरायलको योजनामा युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाइएको ती अधिकारीले भनेका छन् । 

हमासका मुख्य मागहरूलाई पनि यसमा सम्बोधन गरिएको थिएन । बदलामा, हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा  गर्न भनियो । गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको समयमा यो प्रस्ताव आएको हो । हालै, गाजाको खान युनिसमा रहेको एक फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो । 

यसमा एक सुरक्षा गार्डको मृत्यु भएको थियो भने नौ जना घाइते भएका छन् । यसैबिच, इजरायली सेनाले यसमा हमासका एक नेता मारिएको बताएको छ । युद्ध सुरु भएयताको १८ महिनामा गाजामा मानवीय अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको संयुक्त राष्ट्र सङ्घको एक निकायले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप