१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१.शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वान
सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन अन्त्य गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको हो ।
२. मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
तत्काल विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेत प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेसँगै महासंघले यसबारे छलफल गर्ने भएको हो।
३. संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् । संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि समेत अधिवेशन आह्वान गर्न सिफारिस गरिएको उनको भनाइ छ ।
४. विकास निर्माण
करिब एक दशकअघिबाट थालिएको बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०७३ सालमा ठेक्का सम्झौता भए पनि यो तीन किलोमिटर सडक खण्ड ठेकेदारको लापरबाही र अन्य कारणले ढिलाइ भएको भन्दै गत वर्ष नयाँ ठेकेदारसँग सम्झौता गरिएको थियो ।
५. कृषि बीमा
नेपालमा हालसम्म ३० किसिमका विरुवाको मात्र बीमा लेख भएको छ । नेपाल बीमा प्राधिकरणबाट २०६९ माघ १ गतेबाट बाली, पशुपन्छी तथा अन्य गरी चार किसिमका बीमालेखहरू जारी गरी औपचारिक रूपमा कृषि तथा पशुपन्छी बीमाको सुरुवात गरिएको थियो ।
६. कमिसनमा योजना
मधेस प्रदेशका मन्त्री तथा प्रदेश सभा सदस्यहरूले कमिसनमा योजनाहरू बेचेको आरोप लागेपछि सभामुख रामचन्द्र मण्डलले छानबिनका लागि सक्रियता बढाएका छन् । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले प्रदेश सभा बैठकमै विभिन्न दलका सांसद तथा मन्त्रीहरूले योजना बेचेको आरोप लगाएका हुन् । उनको यस्तो अभिव्यक्तिपछि प्रदेशकै राजनीति तरङ्गित भएको छ । विभिन्न दलका नेता तथा सांसदहरू बिच आरोप–प्रत्यारोप चल्न थालेको छ ।
७. वैदेशिक लगानी
चालु आर्थिक वर्षको साउन देखि चैतसमान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म करिब ५८ अर्ब रुपैयाँ वैदेशिक लगानी ९एफडीआई० प्रतिबद्धता प्राप्त भएको जानकारी दिएको हो ।
८. शिक्षक आन्दोलन
शिक्षकहरूको आन्दोलन तथा शैक्षिक हडतालका कारण देशभर विद्यार्थी भर्ना अभियान रोकिएको छ । आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान शिक्षक तथा कर्मचारी काठमाडौँमा भएपछि रोकिएको हो ।
९. संविधान संशोधन बहस
संविधान संशोधनमा जाँदा हामीले कुन–कुन विषयमा ध्यान पुर्याउनु पर्छ भनेर ‘संविधान संशोधन शृङ्खला’मा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग जान्ने प्रयास गरेका छौँ ।
१०. प्रचण्डलाई प्रश्न
समसामयिक विषयमा रातोपाटीका लागि नरेश ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, अध्यक्ष प्रचण्डसँग गरिएको कुराकानीको सम्पादित अंश–
११. ग्वार्को ओभरपास
भत्काएर फेरि निर्माण थालिएको ग्वार्को ओभरपास जेठभित्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भई जेठभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको आयोजना प्रमुख तथा गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए ।
१२. घट्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत