मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
_MxrInSCW9i.jpg)
काठमाडौँ । तत्काल विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गर्ने भएको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेत प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेसँगै महासंघले यसबारे छलफल गर्ने भएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे महासंघमा छलफल हुने र त्यसपछि मात्रै आधिकारिक धारणा तय गरिने बताए ।
‘मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको भन्ने जानकारीमा आयो। अब यसमा महासंघमा छलफल गरेर आधिकारिक धारणा बनाउँछौँ। अहिले थप प्रतिक्रिया दिन सकिने अवस्था छैन’, अध्यक्ष सुवेदीले भने।
उनले आफूहरूको माग ऐन जारी गर्नुपर्ने र सँगसँगै विगतमा भएका सम्झौता समेत कार्यान्वयन गर्नुपर्ने रहेको बताए ।
मन्त्रिपरिषद् बैठकले माग पूरा गर्न प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न समेत आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च