वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
मङ्गलबार, ०२ वैशाख २०८२, २१ : २७

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा दुई पत्रकार घाइते भएका छन् । मंगलबार पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई पक्राउ गरेको थियो ।
आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शनमा भएको थियो ।
सोही विषयमा समाचार संकलन गर्ने पुगेका स्थानीय पत्रकार अर्जुन गुप्ता र अनिल ओझा घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शन हुन थालेपछि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसअघि प्रशासनले दुई समुदायबिच सद्भाव भड्किन थालेको भन्दै र वीरगञ्जमा कर्फ्यु लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !