१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै

आज २०८२ वैशाख २ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- विकास निर्माण
करिब एक दशकअघिबाट थालिएको बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०७३ सालमा ठेक्का सम्झौता भए पनि यो तीन किलोमिटर सडक खण्ड ठेकेदारको लापरबाही र अन्य कारणले ढिलाइ भएको भन्दै गत वर्ष नयाँ ठेकेदारसँग सम्झौता गरिएको थियो ।
- कृषि बीमा
नेपालमा हालसम्म ३० किसिमका विरुवाको मात्र बीमा लेख भएको छ । नेपाल बीमा प्राधिकरणबाट २०६९ माघ १ गतेबाट बाली, पशुपन्छी तथा अन्य गरी चार किसिमका बीमालेखहरू जारी गरी औपचारिक रूपमा कृषि तथा पशुपन्छी बीमाको सुरुवात गरिएको थियो ।
- कमिसनमा योजना
मधेस प्रदेशका मन्त्री तथा प्रदेश सभा सदस्यहरूले कमिसनमा योजनाहरू बेचेको आरोप लागेपछि सभामुख रामचन्द्र मण्डलले छानबिनका लागि सक्रियता बढाएका छन् । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले प्रदेश सभा बैठकमै विभिन्न दलका सांसद तथा मन्त्रीहरूले योजना बेचेको आरोप लगाएका हुन् । उनको यस्तो अभिव्यक्तिपछि प्रदेशकै राजनीति तरङ्गित भएको छ । विभिन्न दलका नेता तथा सांसदहरू बिच आरोप–प्रत्यारोप चल्न थालेको छ ।
- वैदेशिक लगानी
चालु आर्थिक वर्षको साउन देखि चैतसमान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म करिब ५८ अर्ब रुपैयाँ वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको जानकारी दिएको हो ।
- शिक्षक आन्दोलन
शिक्षकहरूको आन्दोलन तथा शैक्षिक हडतालका कारण देशभर विद्यार्थी भर्ना अभियान रोकिएको छ । आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान शिक्षक तथा कर्मचारी काठमाडौँमा भएपछि रोकिएको हो ।
- संविधान संशोधन बहस
संविधान संशोधनमा जाँदा हामीले कुन–कुन विषयमा ध्यान पुर्याउनु पर्छ भनेर ‘संविधान संशोधन शृङ्खला’मा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग जान्ने प्रयास गरेका छौँ ।
- प्रचण्डलाई प्रश्न
समसामयिक विषयमा रातोपाटीका लागि नरेश ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, अध्यक्ष प्रचण्डसँग गरिएको कुराकानीको सम्पादित अंश–
- ग्वार्को ओभरपास
भत्काएर फेरि निर्माण थालिएको ग्वार्को ओभरपास जेठभित्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भई जेठभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको आयोजना प्रमुख तथा गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए ।
- अपराध
- घट्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा