अर्थ
घट्यो पेट्रोल र डिजेलको मूल्य
मङ्गलबार, ०२ वैशाख २०८२, २० : १८
_oxhfltvlug_ufiXxHu5Hq.jpg)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
साविकको मूल्यमा प्रति लिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ।