१२ सयबाट ३२ सय विद्यार्थी पुर्याएर बिदा भए अध्यक्ष दंगाल

सुनसरी । सुनसरीको जनता माध्यमिक विद्यालय स्थापनाको ६९ वर्ष भयो । २०१३ सालमा स्थापना भएको विद्यालय यतिवेला निकै चर्चामा छ ।
२०७२ सालको भूकम्पले जीर्ण बनेको विद्यालय आज भने कोशी प्रदेशकै उत्कृष्ट बन्न पुगेको छ । त्यसको श्रेय विद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष बनेका काशीनाथ दंगाललाई जान्छ ।
उनी २०७५ सालमा व्यवस्थापन समिति अध्यक्ष बनेका थिए । त्यसपछि उनी दुई पटक अध्यक्ष बनेर आजदेखि बिदा भएका छन् । आफ्नो दुई कार्यकालबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले विद्यालय सुधारको अभियानमा अभिभावकले गरेको सहयोग वरदान सावित भएको बताए ।
उनी विद्यालयमा प्रदेश गर्दा एक हजार २८४ विद्यार्थी अध्ययनरत थिए । हाल तीन हजार २०२ विद्यार्थी अध्ययन गर्दै आएका छन् । १२ वटा कक्षाकोठाबाट विस्तार गरेर अहिले ७६ वटा कक्षाकोठा बनाउन सफल भएका छन् ।
शैक्षिक क्षेत्रमा कक्षा ११ र १२ तर्फ कम्प्युटर विज्ञानसहित कानुन र विज्ञानका कार्यक्रमसमेत थप गर्न सफल भएका छन् ।
२०७५ साल असार ५ गते अभिभावककको भेलाले उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । त्यस वेला उनका छोराछोरी निजी विद्यालयमा पढ्थ्ये, जुन कुराले उनलाई अत्यन्तै सताएको थियो । र नैतिक प्रश्नका रूपमा बारम्बार मनमा बिझिरहेको थियो ।
त्यसपछि उनले सबैको सहयोगमा विद्यालय सुधार गर्ने र आफ्ना बालबच्चा पनि सोही विद्यालयमा पढाउने संकल्प लिए । र भर्ना गरे । यो अभियानलाई सहयोग गर्दै सबै शिक्षक कर्मचारीका छोराछोरीलाई पनि यसै विद्यालयमा भर्ना गर्ने अभियान चलाइएको उनले बताए ।
यो अभियान नै विद्यालय सुधारको कोशेढुंगा सावित भयो र विद्यालयले आम इटहरीबासीको मन जित्न सफल भयो ।
सुरुवाती अवस्थामा यातायातकै सुविधा नभएको यस विद्यालयले तीन वटा स्कुल बस जोड्न सफल भएको छ । अधिकांश कक्षाकोठा प्रविधिमैत्री बनेका छन् । विद्यालयमा ३२ जना शिक्षक कर्मचारी राज्यकोषबाट सेवा सुविधा लिन्छन् भने १ सय ४८ जना शिक्षक कर्मचारीले अभिभावकको सहयोगबाट तलबभत्ता लिइरहेका छन् ।
निजी स्कुलबाट धेरै विद्यार्थीले नयाँ भर्नाका लागि आवेदन दिन थालेका छन् । इच्छुक विद्यार्थीलाई कक्षाकोठा अभावमा भर्ना गर्न नसकिनेसम्मको स्थिति आएको दंगालले बताए ।
अझै पनि विद्यालयले अघि सारेका कार्यक्रम र योजनाअनुसार काम सम्पन्न गर्न सम्बन्धित निकायबाट यथेष्ठ बजेट भने पाउन नसकेको उनले गुनासो गरे । जसले गर्दा विद्यार्थी संख्या अनुपातमा सरकारबाट शिक्षक दरबन्दी नपाउनु, कक्षाकोठाको सीमितताको कारण विद्यालयमा अध्ययन गर्न इच्छा भएका बर्सेनि एक हजार बढी विद्यार्थी विद्यालयमा भित्र्याउन नसकिएको अवस्था रहेको उनले बताए ।
तत्कालीन समयमा १८ लाख रुपैयाँ विद्यालयले दायित्व तिर्न बाँकी रही घाटामा थियो । तर, हाल अक्षयकोषमा ४७ लाख २५ हजार ३९८ रुपैयाँ र र हाल बैंक मौज्दात ५५ लाा ७१ हजार २६६ रुपैयाँ रहेको उनको भनाइ छ ।
आफ्नो दुई कार्यकाल अवधिभर सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ