टिपरको ठक्करबाट घाइते बालिकाको मृत्यु
मङ्गलबार, ०२ वैशाख २०८२, १९ : ५८

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका-३ चाँपेपिपलबोटस्थित भित्री सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट गम्भीर घाइते एक बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार दिउँसो करिब ३: १५ बजे रविओपीबाट पाँचखालतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरले शक्ति परियारकी ४ वर्षीया छोरी आरिका परियारलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते उनलाई तत्कालै पाँचखाल पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल