शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

वीरगन्जमा निकालिएको शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ

मङ्गलबार, ०२ वैशाख २०८२, १९ : ५६
मङ्गलबार, ०२ वैशाख २०८२

वीरगन्ज । वीरगन्जमा निकालियो शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चार जना मंगलबार पक्राउ परेका छन् । चार दिन अगाडि हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा उच्छृङ्खल गतिविधि गर्दै धार्मिक सद्भाव बिथोल्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

सीसीटिभ फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा प्रहरीबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । प्रहरीको टोलीले मंगलबार साँझ वीरगन्जको छपकैयासहित विभिन्न ठाउँबाट ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेकोले प्रहरीले थप विवरण खुलाउन चाहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप