बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
अदालत

सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात

मङ्गलबार, ०२ वैशाख २०८२, १९ : ४०
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला अदालत रुपन्देहीसँग रवि लामिछानेको मुद्दामा मिसिलमा संलग्न सम्पूर्ण कागजात मगाएको छ । 

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।  

उक्त आदेशविरुद्ध गत शुक्रबार  लामिछानेको तर्फबाट सर्वोच्चमा ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । 

उक्त निवेदनमाथि सुनुवाई गर्दै आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो । 

उक्त आदेशको पूर्णपाठमा उच्चसहित जिल्ला अदालत रुपन्देहीसँग पनि मिसिलमा संलग्न कागजात समावेश गरी पठाउन उल्लेख गरिएको छ ।

मुद्दाको मिसिलमा संलग्न सबै कागजात डिजिटलाइजेसन गरी १५ दिनभित्र पठाउन आदेशमा उल्लेख गरिएको सर्वोच्चका सहरजिस्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । 

उच्चबाट कैफियत प्रतिवेदन र जिल्लाबाट मिसिलमा संलग्न सबै कागजात प्राप्त भएसँगै सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा उच्चको आदेश सच्चाएर थुनाबाहिर बसेर पुर्पक्ष गर्नसक्ने आदेश गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप