शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई

मङ्गलबार, ०२ वैशाख २०८२, १९ : ३५
मङ्गलबार, ०२ वैशाख २०८२

मोरङ । नेकपा (एमाले) का स्थायी समिति सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । 

एमाले विराटनगर महानगर कमिटीद्वारा मंगलबार आयोजित दुई दिने अधिवेशनको उद्घाटन गर्दै उनले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारीविरुद्ध पार्टीले देशभर जनजागरण अभियान सुरू गरेको प्रष्ट पारे । 

प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले मुलुकमा राजनीतिक स्थायित्व, विकास निर्माणलाई गतिदिन र सुशासन कायम गर्न नेपाली कांग्रेससँग मिलेर सरकार निर्माण गरेको बताए ।

एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्यकर्ता एकढीक्का भएर मिसन-८४ लाई सफल बनाउनुपर्ने बताए । 

एमाले मोरङ इन्चार्ज जीवन घिमिरे र मोरङ सभापति अजम्बर राईले पार्टीले तय गरेका राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न हामीसबैको भूमिका महत्त्वपूर्ण हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप