ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डेलाई बोलाएरै भेटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले पाण्डेलाई नयाँ वर्षको शुभकामना दिन सोमबार फोन गरेर मंगलबार भेट्न आग्रह गरेका थिए ।
सोहीअनुसार पाण्डे मंगलबार ओलीलाई भेट्न बालुवाटार पुगिन् । भेटका क्रममा ओलीले पाण्डेसँग आधा घण्टाभन्दा बढी कुराकानी गरेका थिए । कुराकानीका क्रममा पाण्डेले पार्टीले गरेको भनिएको निलम्बनबारे चासो राख्दै चिठी नै नपाएको बताएकी थिइन् ।
बालुवाटार स्रोतका अनुसार पाण्डेले निलम्बनको पत्र नै अहिलेसम्म नपाएको र कहिलेदेखि फुकुवा हुन्छ भन्ने नै आफूलाई थाहा नपाएको भनेपछि ओलीले आश्चार्य व्यक्त गरेका थिए । बरु पाण्डे नेतृत्वको विभागले गर्नुपर्ने काम 'गजब थियो' भन्दै ओलीले अहिले बरु हुन सकेन भनेका थिए ।
‘ए होर ! चिठी नै पाएको छैन ?’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘चिठी नै नपाए त कारबाही नै हुँदैन नि !’ पाण्डेले ओलीसँग भेट भएको स्वीकार गर्दै भेटका क्रममा आफूले लेखेको पुस्तक भुइँमान्छेले दिएको पनि बताइन् ।
गत पुस १० गते बसेको सचिवालय बैठकबाट डा. पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन र पूर्वउपाध्यक्ष डा.भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीले निष्काशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू