शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे

मङ्गलबार, ०२ वैशाख २०८२, १८ : ३५
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । कोटेश्वरको भाटभेटेनी सुपरस्टोरबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन् । 

चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनमा मौका छोपी चोरी गरेको आरोपमा समातिएकाहरू ती ८ जनालाई प्रहरीले रिहा गरेकाे हो । स्याउ र सुन्तला चोरेर भागेकाहरूलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनका अनुसार उनीहरूलाई अहिले हाजिर जमानीमा रिहा गरिएको छ । 

सीसीटीभी फुटेजको सहयोगमा पक्राउ परेका उनीहरूले स्टोर बाहिरको स्टलमा राखिएको फलफूल चोरेर भागेका देखिएको थियो । हाजिर जमानीमा छुट्नेमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल छन् ।

तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाईंसहित ७४ जना भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप