शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय
अदालत

सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

मङ्गलबार, ०२ वैशाख २०८२, १८ : ०२
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । सर्वोच्च अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाएको छ । 

न्यायाधीश विनोद शर्माको इजलासले जोशीले दायर गरेको थुनुवा, दफा ७३ निवेदनमाथि सुनुवाई गर्दै जिल्लासँग कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

गत माघ २८ गते रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको गरेको थियो । 

सोही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई भने एक करोड रुपैयाँ धरौटीमा छाडिएको थियो ।

चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै सहकारी ठगी प्रकरणमा लामिछानेलाई पनि थुनामा पठाउने आदेश गरेको थियो ।

सो आदेशविरुद्ध सर्वोच्चमा थुनुवा दफा ७३ निवदेन दायर भएकोमा गत आइतबार सर्वोच्चले उच्चसँग कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप