दर्ता शुल्क वृद्धि गरिएकोमा ड्रोन सङ्घले गरायो मन्त्री पाण्डेको ध्यानाकर्षण

काठमाडौँ । ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा नेपाल मानव रहित विमान (ड्रोन) सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको ध्यानाकर्षण गराएको छ ।
मङ्गलवार सङ्घका महासचिव प्रविन भट्टराई सहितको टोलीले मन्त्रालय मन्त्रीसँग भेट गर्दै ध्यानाकर्षण गराएका हुन् ।
पहिला १० डलर प्लस भ्याट रुपैयाँ शुल्क राखिएको दर्ता शुल्क अहिले एकै पटक ५० डलर प्लस भ्याट (नेपाली रुपैयाँमा लगभग ८ हजार)तोकिएको छ । ड्रोन दर्ता शुल्कमा करिब ४ सय गुणा वृद्धि गरिएकोमा सङ्घले चिन्ता व्यक्त समेत गरेको हो ।
‘यस्तो महत्त्वपूर्ण नीति गत निर्णय लिँदा सरोकारवाला निकायहरूलाई कुनै जानकारी नै नगराई, परामर्श नगरी मूल्य वृद्धि गर्नु खेदजनक छ’, सङ्घका महासचिव प्रविन भट्टराइले भने ‘शुल्क वृद्धिको कारण, प्रक्रिया तथा उद्देश्यबारे स्पष्ट जानकारी पाउन चाहन्छौँ । यो विषयमा प्रत्यक्ष छलफल गर्न मन्त्रालयसँगको बैठकको माग गर्दछौँ ।’
ड्रोन प्रविधिले पर्यटन प्रवर्द्धन, संस्कृति अभिलेखीकरण, विपद् व्यवस्थापन, अनुसन्धान र अन्य थुप्रै विकासमुखी कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेलेको उनको धारणा छ ।
सङ्घ ड्रोनमा भारी शुल्क वृद्धिले यस क्षेत्रमा कार्यरत नेपाली स्टार्टअप, अनुसन्धानकर्ता, सृजनशील युवा र व्यवसायीहरूलाई निरुत्साहित पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो