बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

फागुन महिना मात्रै सरकारले गर्‍यो ३ अर्ब २८ करोड रुपैयाँ रकमान्तर

मङ्गलबार, ०२ वैशाख २०८२, १६ : २२
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेट सकेर गत फागुन महिनामा मात्रै ५८ वटा आयोजनाका लागि ३ अर्ब २८ करोड ९० लाख ५१ हजार रुपैयाँ रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयले विभिन्न ५८ वटा आयोजनामा अर्को आयोजनाबाट बजेट रकमान्तर गरेको जनाएको हो । काम नभएका र बजेट खर्च नहुने आयोजनाबाट रकमान्तर गरेर अन्य ५८ वटा आयोजनालाई ३ अर्ब २८ करोड रुपैयाँको बजेट रकमान्तर गरेर दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै रकमान्तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गका विकासे आयोजनका लागि भएको छ । एक करोड रुपैयाँभन्दा बढी रकम एउटा उपशीर्षकबाट अर्कोमा सारिएको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार फागनु महिनामा थप बजेट निकासा विभिन्न ४६ वटा आयोजनाको लागि भएको छ । यस्तो रकम २ अर्ब ३८ करोड रुपैयाँ छ । 

सरकारले फागुन महिनामा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । यस्तो रकमध्ये नेपाल संवत् न्यूदँ राष्ट्रिय संरक्षण समाजलाई १५ लाख र ज्यापु संस्कृति विकास कोषलाई १० लाख रुपयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

त्यस्तै,पूर्व सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई फागुनमा मात्रै १ करोड ६८ लाख ८३ हजार रुपैयाँ बजेट थपेर निकासा दिएको जनाएको छ । आयोगको काममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ताबापत थप १ करोड ५७ लाख ८ हजार रकमान्तर गरी निकासा गरेको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप