मंगलबजारमा ११ वर्षीया बालिका हत्या प्रकरण : दाइ पक्राउ

काठमाडौँ । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले दाइलाई पक्राउ गरेको छ। मृतकका १५ वर्षीय दाइलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ ।
मंगलबजार बस्ने भगबती बोहराले आफ्नी छोरी दुर्गा बोहरा चैत ४ गतेरातिदेखि हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।
सोही निवेदनका आधारमा खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित खपिन्छेँ स्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो ।
त्यसपछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा अनुसन्धान गर्दा दाइकै संलग्नता खुलेसँगै उनलाई पक्राउ गरिएको र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।
उनलाई मंगलबजार एरियाबाट नियन्त्रणमा लिइएको उनको भनाइ छ।
प्रहरीका अनुसार अनुसन्धानबाट खुल्न आएका तथ्यहरुः
- मिति २०८१/१२/०६ गते जिल्ला बझाङ सुर्मा गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी बर्ष ११ की दुर्गा बोहरा चैत ४ गतेदेखि हराएको ।
- आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको ।
- मिति २०८१/१२/२९ गते बिहान अ.१०:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ०९ खपिन्छे स्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुईँ तल्लामा रहेको प्रयोग विहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको लास फेला परेको ।
- बाबुराजा अवालेको उक्त घरमा मृतकहरू भाडामा बसेको र मिति २०८१।११।२५ गते अन्यत्र डेरा सरेको ।
- उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि मिति२०८१।१२।०२ गते अन्यत्र डेरा सरे पश्चात् सो घरमा कोही नबसी घर खाली रहेको ।
- मिति २०८१।१२।०४ गते मृतक र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको CCTV फुटेजमा देखिएको ।
- दाजु बहिनी सँगै गएको फुटेज भेटिए पश्चात् दाजु माथि शंका लागी सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडाहरू लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनिलाई पिटी उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाटी कसेर भुईँमा लडाई छोडी भागेको बताएको ।
- दाजु बहिनीले नै लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको ।
- मिति २०८१/१२/०५ गते बिहान नशाले छोडे पछि आफूले हिजो बहिनी माथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लास भुईँ तल्लाको भर्याङको छेउमा देखे पश्चात् सो लास ट्याङ्कीमा हाली सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडी गएको बताएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ