बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

बोइङको डेलिभरी लिन किन मानेन चीन ?

मङ्गलबार, ०२ वैशाख २०८२, १६ : १५
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौं । चीनले आफ्ना एयरलाइन्सहरूलाई अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट नयाँ विमानहरूको डेलिभरी नलिन आदेश दिएको छ । 

ब्लूमबर्गमा छापिएको खबरका अनुसार बेइजिङले अमेरिकामा बनेका विमानका पार्टपुर्जा र उपकरणहरू खरिद गर्न पनि रोक लगाउन आदेश पनि दिएको छ । 

अमेरिकाले चीनबाट आउने सामानमा लगाएको १४५ प्रतिशत अतिरिक्त भन्सार महसुलको जवाफमा चीनले यो आदेश जारी गरेको हो । बोइङ अमेरिकी कम्पनी हो । यसले हवाईजहाज, रकेट, उपग्रह, दूरसञ्चार उपकरण र क्षेप्यास्त्रहरू उत्पादन गर्ने गरेको छ । बोइङ अमेरिकाको सबैभन्दा ठूलो विमान निर्यातकर्ता कम्पनी हो । 

बहुमूल्य धातुहरूको आपूर्ति पनि बन्द 

अमेरिकासँग बढ्दो व्यापार युद्धका बीचमा चीनले ७ बहुमूल्य धातुको निर्यातमा पनि प्रतिबन्ध लगाएको छ ।

चीनले चिनियाँ बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र मिसाइलसम्म सबै चीजहरू जम्मा गर्न आवश्यक पर्ने चुम्बकहरूको ढुवानीलाई पनि रोक लगाएको छ । यी सामग्रीहरू अटोमोबाइल, स्वचालित सवारी साधन र एयरोस्पेस व्यवसायहरूको लागि अत्यन्त महत्त्वपूर्ण छन् । 

यो निर्णयले विश्वभरका मोटर गाडी, विमान, अर्धचालक र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ । 

यी समान महँगा हुनेछन् । अप्रिल ४ मा चीनले समेरियम, ग्याडोलिनियम, टर्बियम, डिसप्रोसियम, ल्यूटेटियम समेतका ७ बहुमूल्य धातुहरूको निर्यातमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो । 

आदेश अनुसार यी बहुमूल्य धातुहरू अनि यसको प्रयोग गरेर बनेका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र चीनबाट बाहिर पठाउन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप