प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी
मङ्गलबार, ०२ वैशाख २०८२, १६ : ०३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
केसीलाई अर्को व्यवस्था नहुँदासम्मको लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
निमित्तको जिम्मेवारी पाएर उनले आजदेखि कार्यभार समेत सम्हालिसकेका छन् ।
त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि विश्वविद्यालय उपकुलपति विहिन बनेको थियो ।
त्रिविको नियम अनुसार उपकुलपति पद रिक्त भएको खण्डमा तीन महिनासम्मका लागि रेक्टरलाई उपकुलपतिको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ ।
उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
बराल २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त भएका थिए । उपकुलपति बनेको एक वर्षमा उनले राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए
-
तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन