अमेरिका र बेलायतबीच सम्झौताको सम्भावनाबारे के भन्छन् जेडी भान्स ?
मङ्गलबार, ०२ वैशाख २०८२, १५ : २५

काठमाडौं । अतिरिक्त भन्सार महसुलको घोषणाका कारण विश्वव्यापी व्यापारमा उथलपुथलको स्थिति देखिएको थियो ।
तर अहिले स्थिति स्थिर भएकोले बेलायतसँग सम्झौता गर्ने यो राम्रो अवसर भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । सोमबार अनहर्ड वेबसाइटलाई दिइएको अन्तर्वार्तामा भान्सले यो कुरा बताएका हुन् ।
उनले भने,‘हामी किर स्टार्मर नेतृत्वको सरकारसँग मिलेर कडा परिश्रम गरिरहेका छौं’ ।
यसअघि, अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका लगभग सबै देशहरूमा पारस्परिक भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।
यसपछि, विश्वव्यापी शेयर बजारमा पहिरो गएको थियो । ट्रम्पले घोषणा गरेको सूचिमा बेलायत बाहेक अमेरिकामा सामान निर्यात गर्ने अन्य सहयोगी देशहरू थिए । यी सबै देशहरूमा दश प्रतिशतको न्यूनतम भन्सार शुल्क लगाइने भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’