शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

माल्टामा झल्कियो ‘मिनी नेपाल’ (तस्बिरहरु)

मङ्गलबार, ०२ वैशाख २०८२, १५ : २३
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । युरोपेली मुलुक माल्टामा भव्यताका साथ ‘नेपाली डे’ मनाइएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा माल्टाको भ्यालेटामा सोमबार विभिन्न कार्यक्रमसहित ‘नेपाली डे–२०२५’ मनाइएको हो ।

नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी मात्रै भएनन् नेपाल र नेपालका पर्यटकीय गन्तव्य र महत्वबारे माल्टाबासीलाई जानकारी गराउने प्रयास समेत गरियो । 

0bed893d-dadf-448a-bfa2-5a7dae702c0e

नेपाली र माल्टाका नागरिक गरी करिब ४ हजार जनाको उपस्थिति रहेको कार्यक्रम ऐतिहासिक बनेको एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले दाबी गरे । उनका सो क्रममा अनुसार तामाङ समाज, गुरुङ समाज, मगर समाज, नेवार समाज, राई समाज, पूर्वाञ्चल समाज, नेपाली सोसाइटी माल्टालगायतले आफ्नो संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । यस्तै लोकदोहोरी सांस्कृतिक परिषद्को प्रस्तुतिका साथै एनएसएम ब्याण्ड र एनएमबि ब्यान्डले नेपालीपन झल्कने आफ्नो प्रस्तुति समेत देखाएको थियो । यस्तै इन्टरनेशल सेफ सोसाइटी माल्टाले पनि आफ्नो आफ्नो प्रस्तुति देखाएको थियो । 

73809161-5482-4e78-8731-8a057a25a0c6

माल्टा सांसद भवन सँग जोडिएको स्थानमा भएको कार्यक्रम आकर्षक भएपछि धेरैको ध्यान तानेको थियो । यस्तै नेपाली कला र संस्कृति झल्किने झाँकी प्रदर्शन, लाखे नाच प्रदर्शनले माल्टमै पनि ‘मिनि नेपाल’को झल्को दिन्थ्यो ।  साथै सहभागीलाई नेपालको पर्यटकीय गन्तव्य चिनाउने विभिन्न पर्चा, ब्रोसर वितरण गरेर पर्यटन प्रवद्र्धन गरिएको थियो । 

09a16a2f-3f72-41a3-9c65-2e5e9bff2515

सोमबार मध्याह्न १२ देखि साँझ ७ बजेसम्म चलेको कार्यक्रममा माल्टाका लागि पर्यटन दूत प्रकाश भण्डारी, एनआरएनए आईसीसी युरोप सेक्रेटरी  भुवन अर्याल, हरि बीसी, सत्य झा, रोशन गिरीले विशेष अतिथिको आसनबाट आ– आफ्नो धारणा राखेका थिए । 

afc8ceb0-dce1-45a8-854a-1ce377c3aa19

उनीहरूले सम्पूर्ण समुदाय एकताबद्ध भएर कार्यक्रम भव्य बनाएकामा खुसी प्रकट गरे । माल्टाका परराष्ट्र तथा पर्यटनका लागि स्थायी सचिव क्रिस्टोफर कुटाजार विशेष अतिथि रहेको कार्यक्रममा माउण्टेनियरिङ्ग एशोसिएशन माल्टाका अध्यक्ष साइमन एल्डेन, पहिलो माल्टाली माउण्ट एभरेष्ट आरोही, मार्को कार्मेनो, माउण्ट एभरेष्ट बेस क्याम्प भ्रमणकर्ता पिएरे फारुगियासहित स्थानीय विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू शेरोन रेलडिच, डाक्टर जोनाथन अबेला, डाक्टर कार्ल कोर्डिना, मार्गरेट बाल्डाचिनो, मारियो माम्बो, जो फ्लाजोन विशेष अतिथि रहेका थिए । निरोज श्रेष्ठ कार्यक्रम संयोजक र विजय परिवार उपसंयोजक रहेको नेपाली डेको विशेष समारोहको कार्यक्रम धनु लामाले सञ्चालन गरेका थिए । सहभागी अतिथिहरूलाई नेपाल झल्काउने मायाको चिनो प्रदान गरिएको थियो । 

IMG-20250415-WA0177IMG-20250415-WA0178

471004fa-9e9a-41d8-aa8b-e1000268ee8a

यसैबिच माल्टाका लागि नेपाली पर्यटन दूत प्रकाश भण्डारीले कार्यक्रमको भव्य उपस्थितिका लागि सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

d18b33ae-e8e1-4359-8ab5-20459626343d

उनले माल्टा सरकारका परराष्ट्र तथा पर्यटन मन्त्रालयका सचिव क्रिस्टोफर कुटाजार, मानार्थ महावाणिज्यदूत जोनाथन अबेला, माउण्ट एभरेष्ट आरोही मार्को कारुआना, साथै कार्यक्रममा सहभागी भएका सबै विशिष्ट अतिथि माल्टाली तथा अन्तर्राष्ट्रिय पाहुनालाई धन्यवाद ज्ञापन गरेका हुन् । 

c9bb1a25-2314-4459-8f43-ae1ac96dc104

कार्यक्रमको अन्त्यमा एनआरएनए माल्टाका अध्यक्ष खनालले कार्यक्रम ऐतिहासिक बनाउन भूमिका खेल्ने प्राविधिकतर्फ आकाश गुरुङ, व्यवस्थापनमा राजेन्द्र विष्ट र एनसीसी माल्टाका सबै सदस्यहरुसहित सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमले माल्टा र नेपालबीचको सम्बन्ध सुधारमा थप सहयोग पुगेको विश्वास गरे । उनले छोटो तयारीका बिच गरिएको कार्यक्रमले नेपालमा  पर्यटन प्रदर्शनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । 

IMG-20250415-WA0175IMG-20250415-WA0176IMG-20250415-WA0173IMG-20250415-WA0174

0fe258d8-f88d-4333-9ff0-04876cdee7083d54c417-7777-405e-b15e-5fa03543382b8b47160e-d831-4589-9d19-55d0ea5dfa5c15d7f2ac-bc2d-4388-85da-cdb72b5df73116d27b30-1195-46a4-8d9c-97d5a37c172a79acddf6-f7ec-4a5c-aad5-687cde3fdb8b506bc1c9-3160-4bea-8c05-ed0ee97ae99c1075ea78-1f67-4f11-aefd-f466e4acecde17051c9b-da2a-4e4c-84e3-ff5e676dcf3030237cf2-d441-45a2-9ec4-76b3bcf1415342612459-86c1-4958-a505-c88effbbd7dfb0e4d52f-6068-4c57-8213-3eadaa57f7dac473f026-625b-4e98-85b8-184ee6668cd9dd11de49-d92a-47f9-9cdf-4f74fadd8f99

c499eeb4-59b6-4375-8837-68b0367f6815

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप