सुरक्षित हुन्छ त अनुहारमा कागती दल्नु ?

काठमाडौं । अनुहारलाई चम्काउन कयौं मानिसहरू घरेलु उपचार अपनाउँछन् । अनुहारको चमक बढाउने कयौं घरेलु उपायमध्ये एउटा हो अनुहारमा कागती दल्नु ।
छाला सम्बन्धी समस्याहरू समाधान गर्न पनि मानिसहरू यसो गर्छन् । हुन् त कागतीलाई छालाको लागि धेरै फाइदाजनक मानिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ । त्यसैले पनि यसलाई प्रायः घरेलु उपचारमा प्रयोग गरिन्छ ।
तपाईंले पनि अनुहारमा कागती दल्ने गर्नु भएको छ ? छ भने यो लेख तपाईकै लागि हो । छालामा सिधै कागती लगाउन स्वास्थ्य विशेषज्ञहरूले सिफारिस गर्दैनन् । तर प्रश्न उठ्न सक्छ ‘यस्तो किन ?’ यसे पछाडिको कारण र यसरी कागती प्रयोग गर्नुका बेफाइदाहरू जानौं ।
छालामा कागती लगाउँदाका फाइदाहरू
विज्ञहरूका अनुसार अनुहारमा कागती प्राकृतिक ब्लीच र क्लिन्जर हो । यसमा भिटामिन सी र साइट्रिक एसिडको राम्रो मात्रा हुन्छ, जसले छालाको दाग कम गर्न र चमक बढाउन मद्दत गर्छ ।
कागतीमा पाइने एन्टिअक्सिडेन्टले छालालाई फ्री रेडिकलबाट बचाउँछ र यसको रिपेयर गर्न पनि मद्दत गर्छ । कागती कयौं सौन्दर्य उत्पादन र फेस मास्कहरूमा प्रयोग हुने एक सामान्य सामग्री हो ।
कागतीलाई सिधै छालामा कहिल्यै लगाउनु हुन्न
विज्ञहरूले छालामा सिधै कागती रगड्न नहुने चेतावनी दिन्छन् । यसले अनुहारमा जलन, दाग, रातोपन र एलर्जीको समस्या निम्त्याउन सक्छ । कागतीको पीएच स्तर धेरै कम हुन्छ, जसका कारण यो धेरै अम्लीय हुन्छ । यसले छालालाई हानि पुर्याउन सक्छ ।
यसले संवेदनशील छाला, डन्डीफोर, छाला सुन्निने समस्या भएका व्यक्तिहरूमा समस्या निम्त्याउन सक्छ । यसबाहेक, अनुहारमा कागती लगाएपछि घाममा निस्कनु हानिकारक हुन सक्छ । कागती प्रयोग गरेपछि फोका वा जलन महसुस भएमा, तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
कागती लगाउँदा पालना गर्नुस् यी टिप्स
– कागतिलाई सिधै अनुहारमा लगाउनुको सट्टा मह, दहीमा मिसाएर लगाउनुस् ।
–कागतिलाई फेस मास्कमा मिसाएर लगाउनुस् ।
–अनुहारमा कागती लगाउनु अघि, आफ्नो नाडीमा प्याच परीक्षण गर्नुस् । कुनै समस्या आयो भने यसलाई अनुहारमा लगाउनु हुन्न ।
– कागती लगाएपछि सधैं मोइस्चराइजर प्रयोग गर्नुस् ।
–संवेदनशील छाला भएका वा कुनै पनि प्रकारको छालाको समस्याबाट पीडित व्यक्तिहरूले अनुहारमा सिधै कागती प्रयोग गर्नु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने