बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

सिंगापुरमा निर्वाचनको मिति घोषणा

मङ्गलबार, ०२ वैशाख २०८२, १४ : ४६
मङ्गलबार, ०२ वैशाख २०८२

सिंगापुर । सिंगापुरमा निर्वाचनको मिति घोषणा भएको छ । मे ३ मा चुनाव हुनेगरी मिति घोषणा भएको हो । यो चुनाव प्रधानमन्त्री लरेन्स वाङका लागि अर्थपूर्ण मानिएको छ । 

किनकि १९५९ मा सिंगापुरले बेलायतबाट आफूमाथि आफैँ शासन गर्ने अधिकार पाएयता त्यहाँ भएका हरेक निर्वाचनमा पापले जित्दै आएको थियो । तर, २०२० मा भएको आम निर्वाचनमा विपक्षी दल वर्कर्स पार्टीले १० सिट जितेको थियो ।  विपक्षी पार्टीले जितेको यो सिट संख्या १९६५ मा सिंगापुर स्वतन्त्र भएयताकै धेरै थियो ।

यस्तो पृष्ठभूमिमा ९७ सिटमा निर्वाचन हुन लागेको हो । तर यो वर्ष फेरि पापले नै भारी बहुमतले जित्ने विभिन्न सर्वेक्षणहरुले देखाएकाले वर्कर्सका वाङका लागि यो चुनाव चुनौतीपूर्ण हुने भएको हो । 

सिंगापुरमा चुनावी अभियान जम्मा ९ दिनको हुनेछ । यस अभियानमा आकासिँदै गएको जीवनयापन खर्च, हाउजिङ, रोजगारी, बुढ्यौली जनसंख्यामा भइरहेको वृद्धिका कारण बढ्दै गइरहेको स्वास्थ्य हेरचाहको माग जस्ता विषयले बढी महत्त्व पाउने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप