गर्मीमा किन खानु पर्छ मेवा ?

काठमाडौं । गर्मी मौसममा तापमान बढ्दै गएसँगै शरीरलाई हाइड्रेट राख्नु पर्ने आवश्यकता पनि बढ्छ । यस्तोमा हामीलाई शितल रहन मद्दत गर्ने एक फल मेवा पनि हो ।
यसमा कयौं खालका पोषक तत्व पाइन्छ । यसैले पनि यसलाई सुपर फूड भनिन्छ । हामीले गर्मीमा मेवा खानै पर्ने कारणहरू के के छन् ? आजको लेखमा हामी यसैबारे कुराकानी गर्नेछौं ।
शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ
मेवामा पानी निकै मात्रामा हुन्छ । यसमा लगभग ८८ प्रतिशत पानी नै हुन्छ । यसको सेवनले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ । यसलाई खाँदा शरीरमा पोटाशियम जस्ता जरुरी इलेक्ट्रोलाइट्सको पूर्ति हुन्छ ।
पाचनमा सुधार गर्छ
गर्मीयाममा गर्मीले पाचनलाई सुस्त बनाएको हुन सक्छ । यसका कारण हामीले अल्छि लागेको महसुस पनि गर्न सक्छौं । तर मेवामा पपेन हुन्छ । यो शक्तिशाली पाचन एन्जाइम हो । यसले प्रोटिनलाई टुक्रयाउन मद्दत गर्छ र हेल्दी गटलाई बढाउँछ । यो अपच, सुन्निएको र कब्जियत जस्ता समस्याको प्राकृतिक उपचार पनि हो ।
इम्युनिटी बढाउँछ
मेवामा भिटामिन सी १५० प्रतिशत पाइन्छ । भिटामिन सीले इम्युनिटी बूष्ट गर्न मद्दत गर्छ । यसले घामका कारण ड्यामेज भएको छाला रिपेयर गर्न पनि मद्दत गर्छ अनि कोलेजन बढाउँछ ।
छालाको स्वास्थ्यको लागि फाइदाजनक
मेवामा बीटा–क्यारोटिन, भिटामिन ए र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यी पोषक तत्वहरू फ्रि रेडिकलविरुद्ध लड्छ, बुढ्यौलीलाई सुस्त बनाउँछन् अनि छालालाई यूभीबाट हुने क्षतिबाट पनि बचाउँछ । यसको नियमित सेवनले ट्यानिङ कम गर्न, घामले डढेको कम गरेर छालाको रंग एक समान बनाउन मद्दत गर्छ । यसबाट छालाले गर्मीमा पनि प्राकृतिक चमक पाउँछ ।
लो कम क्यालोरीयुक्त खानेकुरा
तपाईं गुलियो खाना खान चाहनुहुन्छ तर पेट फुल्ने समस्याको सामना गर्न चाहनुहुन्न ? त्यसो हो भने मेवा तपाईंको लागि राम्रो विकल्प हो । यो प्राकृतिक रूपमा गुलियो हुन्छ । तर यसमा क्यालोरी र बोसो निकै कम हुन्छ । गर्मीमा सन्तुलित आहार लिन चाहनेका लागि यो फाइदाजनक छ ।
आँखाको लागि फाइदाजनक
कडा घामको अर्थ हो पराबैंजनी किरणहरूको सम्पर्कमा आउनु । यसले आँखामा दबाब उत्पन्न गराउन सक्छ ।
मेवामा पाइने लुटिन, जेक्स्यान्थिन र भिटामिन ए जस्ता तत्वले आँखाको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । यसले उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेशन र अत्यधिक घामको कारणले हुने तनावबाट पनि आँखालाई बचाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै मनाङे, उपस्थित भए इजलासमा
-
लोकतन्त्रको आन्दोलनमा माधव कमरेडको भूमिका
-
पहलगाम आक्रमणपछि पाकिस्तान सरकारको वेबसाइट र एक्स एकाउन्ट ब्लक
-
जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु
-
शान्ति वार्तालाई हानी पुर्याएको जेलेन्स्कीमाथि आरोप
-
भारतको कुनै पनि आक्रमणको उचित जवाफ दिने पाकिस्तानका रक्षामन्त्रीको चेतावनी