बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
१४ दिनदेखि सडकमै छन् शिक्षक, भर्ना अभियान अन्योल (तस्बिरहरू)
शिक्षक आन्दोलन

१४ दिनदेखि सडकमै छन् शिक्षक, भर्ना अभियान अन्योल (तस्बिरहरू)

मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । आज वैशाख २ गते । आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैछ । 

विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ । किनकि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय कर्मचारीहरू १४ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन् । 

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल नै घोषणा गरिएको छ । यो अवधिभर कुनै प्रकारका उत्तरपुस्तिका परीक्षण नगर्ने, परीक्षामा सहभागी नहुने, पठनपाठनमा सहभागी नहुने उनीहरूले घोषणा गरेका छन् । 

१४ दिनदेखि सडकमै आन्दोलन गर्दै आएका शिक्षकहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । महासंघले जिल्ला तथा घरमा रहेका शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ । महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको जनाएका छन् । माग पूरा नहुँदासम्म आन्दोलनको मोर्चाबाट भाग्ने सुविधा नरहेको उनीहरूको भनाई छ । 

teacher protest (1)teacher protest (2)teacher protest (3)teacher protest (4)teacher protest (5)teacher protest (6)teacher protest (7)teacher protest (8)teacher protest (9)teacher protest (10)teacher protest (11)teacher protest (12)teacher protest (13)teacher protest (14)teacher protest (15)teacher protest (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया