नयाँ वर्षको पहिलो दिन ‘पिताम्बर’को उत्साहजनक व्यवसाय

काठमाडौँ । हरेक नयाँ वर्ष फिल्मको व्यवसायका लागि राम्रो मानिँदै आएको छ । त्यसैले पनि निर्माताहरू यो समय फिल्म रिलिजका लागि तँछाडमछाड गर्छन् ।
नयाँ वर्ष २०८२ को पहिलो दिन अर्थात शनिवार नेपाली फिल्मको व्यवसाय राम्रो देखियो । नयाँ वर्षको अवसर पारेर रिलिज भएका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ मध्ये शनिवार ‘पिताम्बर’को व्यवसाय राम्रो देखिएको हो । फिल्मले देशभर उत्साहजनक व्यवसाय गरेको छ । फिल्मको अधिकांश हलमा बिहानदेखिका दर्शक अकुपेन्सी उच्च रहेको थियो । बेलुकीसम्मका शोको बुकिङ राम्रो देखिन्छ ।
प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई लगायतका स्टार एउटै फिल्ममा भएकाले ‘पिताम्बर’ प्रति दर्शकको आकर्षण देखिएको हो । फिल्ममा दर्शक मात्र देखिएको होइन प्रतिक्रिया पनि राम्रो मिलेको निर्देशक कृषा चौलागाइले बताइन् ।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सकी महाप्रबन्धक तृप्ति गिरी आफ्ना हलहरूमा ‘पिताम्बर’ले शनिवार राम्रो व्यापार गरेको जानकारी दिइन् ।
‘पिताम्बर’सँगै एकसाथ रिलिज भएको विपिन कार्की अभिनीत ‘कर्मा’ले भने अपेक्षित व्यापार गर्न सकेका छैन । सौरभ चौधरी निर्देशित यो फिल्ममा विपिनका साथ उपासना सिंह ठकुरी, मुकुन भुसाल लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान