झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही समयअघि एल साल्भाडोरमा अपराधिक समूहहरूलाई डिपोर्ट गर्दा झुक्किएर एक पुरुषलाई पनि डिपोर्ट गरेको थियो । किलमार अर्मान्डो अब्रेगोलाई फिर्ता ल्याउन अमेरिकाले सहजीकरण गर्नैपर्ने अमेरिकी सर्वोच्च अदालतले फैसला नै सुनाएको थियो ।
तर ह्वाइट हाउसका अधिकारीहरूले उनलाई फिर्ता ल्याउने जिम्मा सबै एल साल्भाडोरको भएको तर्क गरिरहेका छन् । सोमबार ओभल अफिसमा भएको बैठकमा ट्रम्प प्रशासन र एल साल्भाडोरका राष्ट्रपति नायिब बकेलेले अब्रेगोलाई अमेरिका फिर्ता नल्याइने स्पष्ट पारेका थिए ।
उनलाई फिर्ता गर्ने योजना छ कि छैन भनेर सीएनएनका एक पत्रकारले सिधै बकेलेलाई प्रश्न गरेकी थिइन् । यसको उत्तरमा उनले यसो गर्नु मूर्खतापूर्ण हुने बताएका थिए । ‘मैले एक आतंकवादीलाई अमेरिका तस्करी गर्छु भनेर तपाईँले भन्न खोज्नु भएको हो ?’ बकेलेले उल्टै प्रश्न गरेका थिए, ‘म आतंकवादीलाई अमेरिका कसरी पठाउन सक्छु ? पक्कै पनि म यसो गर्ने छैन । यो प्रश्न नै मूर्खतापूर्ण हो ।’
हालैका दिनमा एक अमेरिकी न्यायाधीशले अब्रेगोलाई अमेरिका फिर्ता ल्याउन दिएको आदेशको ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले विरोध गरेका थिए । अदालतले अमेरिकाको विदेश नीतिमा हस्तक्षेप गर्न नसक्ने उनीहरूको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल