आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?
मङ्गलबार, ०२ वैशाख २०८२, ११ : ५८

वासिङ्टन डिसी । इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘इरान हामीसँग सम्झौता गर्न चाहन्छ, तर उनीहरूलाई थाहा छैन कसरी ? हामीहरू शनिबार भेटका थियौँ । अर्को शनिबार अर्को बैठक हुँदैछ ।’
उनले यस मामिलामा आवश्यक पर्यो भने अमेरिका कडा कदम चाल्न तयार रहेको समेत बताए । ‘यिनीहरू कट्टरपन्थी मानिस हुन्, उनीहरूसँग आणविक हतियार हुनुहुँदैन’ ट्रम्पले बताए ।
आणविक मुद्दामा अमेरिका र इरानबिच शनिबार बैठक भएको थियो भने अर्को बैठक आउँदो शनिबार ओमानमा हुनेछ । यो सम्झौता भयो भने इरान विरुद्धको अमेरिकी प्रतिबन्धहरू खुकुलो हुन सक्ने समाचारहरूमा जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ