युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?
मङ्गलबार, ०२ वैशाख २०८२, ११ : ५४

किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा मारिएका मानिसहरूका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको बताएका छन् ।
मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । उनले यसो भनिरहँदा एल साल्भाडोरका राष्ट्रपति पनि त्यहाँ थिए ।
‘जब युद्ध सुरु गर्नुहुन्छ, तपाईंलाई थाहा हुनुपर्छ कि आफूले युद्ध जित्न सक्छु भनेर,’ ट्रम्पले भने । यस युद्धको लागि ट्रम्पले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि दोष दिए ।
यसअघि आइतबार रुसले युक्रेनको उत्तरपूर्वी सहर सुमीमा घातक आक्रमण गरेको थियो । यस आक्रमणमा परेर धेरै मानिसहरू मारिएका थिए । यस आक्रमणप्रति व्यापक आक्रोश देखिएको थियो । ट्रम्पको यो बयान सोही आक्रमणपछि आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने