बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्लीमा युवतीको गोली हानी हत्या

मङ्गलबार, ०२ वैशाख २०८२, ११ : ५०
मङ्गलबार, ०२ वैशाख २०८२

नयाँ दिल्ली । भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।  

‘लगभग आधा घण्टा अघि हामीलाई फोन आयो । हामीलाई भनिएको थियो कि एक जना युवतीलाई गोली लागेको छ । यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो,’ दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन् । 

शव हेर्दा युवती करिब २० की अनुमान गरिएको बताउँदै उनले शव पहिचान हुन बाँकी रहेको जानकारी दिइन् । 

मृतकको शरीरमा दुई वटा गोलीका निशान छन् । पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप