बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा

मङ्गलबार, ०२ वैशाख २०८२, ११ : २१
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । मधु केसी र सागर बिसीको स्वरमा रहेको गीत ‘सनाई ढोलाकी’ सार्वजनिक भएको छ । सागर बिसी युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । 

विवाहको मौसमको छेको पारेर ल्याइएको गीतमा वैवाहिक माहोलको चर्चा परिचर्चालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । 

मन बिग्रिन्छ फूलैको रस देख्दा

शुभ विवाह लेखेको गीत देख्दा

सनई ढोलाकी यो साल नि मेरो बिहे हुन्न होला कि !

गीतमा अरूको बिहे भइरहँदा आफ्नो बिहे विभिन्न कारणले हुन नसकेको विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा भिडियो पनि बिहेको माहौलमा आफ्नो बिहे हुन नसकेको गुनासो पोखिए पनि दोहोरी बाजामार्फत रमाइलोपन वातावरण झल्काइएको छ । 

शिव हमालको शब्द रहेको गीतमा सीमा थापाको संगीत रहेको छ । 

यस्तै सुनिल परियार म्युजिक एरेन्जर, विमल छिनाल रेकडिस्ट रहेको गीतको भिडियो दीप गुरुङले निर्देशन गरेका हुन् । यस्तै गीतमा मनोज गुरुङ, सञ्चिता बोलाखो लुइँटेल, सीमा थापा र उमिश उपरकोटीको अभिनय रहेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप