आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको छ । अहिले १८औँ संस्करण चलिरहेको छ ।
विश्वकै प्रभावशाली क्रिकेटरहरुबिच खेल मैदानमा हुने घम्साघम्सीसँगै आईपीएलमा प्रविधिले पनि फड्को मार्दै गएको छ । आईपीएलको १८औँ संस्करणमा अब प्रशारण टोलीसँग एउटा रमाइलो नयाँ सदस्य पनि जोडिएको छ ।
आईपीएलले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो । खासमा, आईपीएलको प्रशारण टोलीसँग एउटा ‘रोबोटिक कुकुर’ सदस्यका रुपमा जोडिएको छ । ‘रोबोटिक कुकुर’ को भिडियो पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ ।
न्युजिल्यान्डका पूर्वक्रिकेटर डेनी मोरिसनले यो जानकारी सार्वजनिक गरेका हुन् । उनी अहिले आईपीएलमा कमेन्ट्री गरिरहेका छन् । उनका अनुसार, ‘रोबोटिक कुकुर’ ले आईपीएलको १८औँ संस्करणमा अब प्रशारण टोलीका लागि म्याचको रेकर्ड गर्ने काममा सहयोग पु¥याउने छ ।
समाचारमा जनाइए अनुसार, यो ‘रोबोटिक कुकुर’ थुप्रै विशेषताले भरिपूर्ण छ । ‘रोबोटिक कुकुर’ मा खेलको रेकर्डिङका लागि विशेष क्यामरा जडान गरिएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको ‘रोबोटिक कुकुर’ ले डेनी मोरिसनको निर्देशन पालना गरिरहेको देख्न सकिन्छ ।
यो ‘रोबोटिक कुकुर’ ले मैदानमा खेलाडीहरुसँग हात मिलाएको पनि भिडियो देख्न सकिन्छ । ‘रोबोटिक कुकुर’ ले खेलका क्रममा दुबै खुट्टामा उभिएर रिस टप्लीलाई चौकाको इशारा गरेको पनि भिडियोमा देख्न सकिन्छ । चौथो दिने क्रममा ‘रोबोटिक कुकुर’ ले अम्पायरले जस्तै इशारा गरेको थियो ।
यो ‘रोबोटिक कुकुर’ ले मैदानको विभिन्न भागबाट खेलको रेकर्डिङ गर्ने बताइएको छ । आईपीएलको व्यवस्थापन पक्षले यो ‘रोबोटिक कुकुर’ का लागि रमाइलो नाम आवश्यक भएकाले त्यसको सुझाव दिन पनि समर्थकहरुसँग आग्रह गरेको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ