बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम

मङ्गलबार, ०२ वैशाख २०८२, १० : ४८
मङ्गलबार, ०२ वैशाख २०८२

वासिङ्टन डिसी । ह्वाइट हाउसले राखेका मागहरू अस्वीकार गरेको केही घण्टा नबित्दै डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइँदै आएको २ अर्ब डलर बराबरको संघीय सहायता रकम रोकेको छ ।

‘हार्वर्डको आजको बयानले हाम्रो देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त समस्याग्रस्त मानसिकतालाई दर्साउँछ,’ शिक्षा विभागले एक विज्ञप्तिमा भनिएको छ । 

ह्वाइट हाउसले गत हप्ता हार्वर्डलाई मागहरूको एउटा सूची पठाएको थियो जसको उद्देश्य क्याम्पसमा यहुदीविरोधी भावनालाई नियन्त्रण गर्नु थियो । यसमा प्रशासन, भर्ना र सञ्चालन प्रक्रियामा परिवर्तनहरू समावेश थिए ।
ह्वाइट हाउसले आफ्नो समुदायलाई ‘नियन्त्रण’ गर्न खोजेको भन्दै हार्वर्डले सोमबार ती मागहरू अस्वीकार गरेको जानकारी दिएको थियो ।

आफ्नो नीति परिवर्तन गर्न ट्रम्प प्रशासनको दबाबलाई अस्वीकार गर्ने हार्वर्ड पहिलो अमेरिकी विश्वविद्यालय हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि गाजामा इजरायली आक्रमण र इजरालयलाई अमेरिकी समर्थनको विरोधमा गत वर्ष देशभर भएका प्रदर्शनहरूमा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई संरक्षण गर्न नसकेको आरोप लगाएका थिए ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप