शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय
सुनचाँदी भाउ

एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो

मङ्गलबार, ०२ वैशाख २०८२, १० : २९
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको छ । २०८० चैत ३० देखि २०८१ चैत ३१ गतेसम्मको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार २०८० चैत ३० गते छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । तर, सो मूल्य २०८१ चैत ३१सम्म आइपुग्दा तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको सरोकारवाला बताउँछन् । 

उसो त सुनको भन्सार दर नघटाइएको भए यतिबेला सुनको मूल्य थप बढी हुने थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो ।

 चालु आर्थिक वर्षको बजेट घोषणा हुँदा भन्सार दर २० प्रतिशत कायम गरिएको थियो । भन्सार दर महँगो भएको भनेर व्यवसायीहरुले सरकारमाथि दबाब बढाएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा गत मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय मंसिर १० देखि कार्यान्वयनमा गएको थियो ।

चैत ३१ गतेको भाउ हालसम्मकै रेकर्ड उच्च मूल्य हो ।  उसो त सरोकारवाला अझै सुनको मू्ल्य बढ्ने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप