आईसीसी पुरुष क्रिकेट समितिको अध्यक्षमा सौरभ गांगुली, अफगानिस्तानका महिला क्रिकेटरलाई विशेष सुविधा

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीले फेरि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा पुरुष क्रिकेट समितिको अध्यक्षको जिम्मेवारी पाएका छन् ।
उनी पहिलो पटक सन् २०२१ मा आईसीसीको पुरुष क्रिकेट समितिको अध्यक्ष बनेका थिए ।
त्यसअघि भारतकै पूर्वक्रिकेटर अनिल कुम्बले पुरुष क्रिकेट समितिको अध्यक्ष थिए । आईसीसीले पुरुष क्रिकेट समितिमा भारतकै भीभीएस लक्ष्मण, अफगानिस्तानका हामिद हसन, वेस्ट इन्डियका डेसमन्ड हेन्स, दक्षिण अफ्रिकाका टेम्बा बाभुमा र इङ्ल्यान्डका जोनाथन ट्रटलाई पनि सदस्यका रुपमा नियुक्त गरेको छ ।
यसैगरी, आईसीसीले महिला क्रिकेट समितिको अध्यक्षमा क्याथरिन क्याम्पबेललाई नियुक्त गरेको छ । उनी न्युजिल्यान्डकी पूर्वस्पिनर हुन् । महिला समितिमा अस्ट्रेलियाकी एवरिल फाही र फ्लोत्सी मोसेकीलाई सदस्यका रुपमा नियुक्त गरिएके छ ।
यसैगरी, आईसीसीले अफगानिस्तानका महिला क्रिकेट खेलाडीका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । अफगानिस्तानमा तालिबान सरकारको आगमनपछि त्यहाँका महिला खेलाडीहरु संकटमा परेका छन् ।
तालिबान सरकारले महिलालाई खेलकुदमा लाग्नबाट रोक लगाएको छ । त्यसैले आईसीसीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई), इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) र क्रिकेट अस्ट्रेलिया (सीए) सँग मिलेर विशेष योजना अगाडि सारेको हो ।
आईसीसीले अफगानिस्तानका महिला क्रिकेटरलाई आर्थिक सहायता उपलब्ध गराउने र प्रशिक्षणको विशेष व्यवस्था गर्ने निर्णय लिएको हो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल