बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर

मङ्गलबार, ०२ वैशाख २०८२, ०९ : २७
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा मंगलबार कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सको सामना गर्दैैछ । खेल मुल्लापुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो ३१औँ खेल हो । यो सिजन पञ्जाब र कोलकाता पहिलो पटक आपसमा भिड्न लागेका हुन् । कोलकाताले हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । 

कोलकाताले सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो । कोलकाताले दोस्रो उपाधि भने सन् २०१४ मा जितेको थियो । 

त्यो संस्करणको फाइनलमा कोलकाताले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।

पञ्जाब कङ्लिे भने हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । त्यसैले आइतबारको खेलमा पञ्जाब कोलकातासँग ११ वर्षअघि फाइनलमा भोगेको हारको बदला लिने धुनमा हुनेछ । 

कोलकाताको सातौँ र पञ्जाबको छैटौँ खेल 
आईपीएलको जारी संस्करणमा साविक विजेता कोलकाता नाइट राइडर्सले आफ्नो सातौँ खेल खेल्न खेल्न लागेको हो । पञ्जाब किङ्सले भने आफ्नो छैटौँ खेल खेल्न लागेको हो । यी दुबै टोलीको प्रदर्शन औसत देखिन्छ । 
कोलकाताले यसअघि खेलेको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । पञ्जाबले भने यसअघि खेलेको पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । पञ्जाब ६ अंकसहित छैटौँ स्थानमा छ ।

हेड टु हेडमा कोलकाता अगाडि 
आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबिच कुल ३३ खेल खेलिएको छ । त्यसमा कोलकाता बलियो देखिन्छ । कोलकाताले २१ खेलमा पञ्जाबलाई हराएको छ । पञ्जाबले भने १२ खेलमा मात्र कोलकातालाई हराउन सकेको छ । 

kkr

यी दुई टोलीबिच खेलिएको पछिल्ला पाँच खेलको अवस्थालाई हेर्दा भने पञ्जाब केही बलियो देखिन्छ । पछिल्ला पाँचमध्ये तीन खेलमा पञ्जबले कोलकातालाई हराएको छ । बाँकी दुई खेलमा कोलकाताको टोली विजयी भएको छ । 

पञ्जाबको सर्वाधिक रन श्रेयषको नाममा
जारी सिजनको आईपीएलमा पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान श्रेयष ऐयर हुन् । उनले हालसम्म खेलिएको पाँच खेलमा कुल दुई सय ५० रन बनाएका छन् । उनले गुजरात टाइटन्सविरुद्ध केवल ४२ बलमा ९७ रन बनाएक थिए । 

sriyes

श्रेयषले हालसम्म तीनवटा अर्धशतक प्रहार गरिसकेका छन् । पञ्जाब किङ्सका लागि सर्वाधिक विकेट लिने बलर भने अर्शदीप सिंह हुन् । उनले पाँच खेलमा सात विकेट लिइसकेका छन् । 

कोलकाताका लागि सर्वाधिक विकेट लिने वरुण
आईपीएलको १८औँ संस्करणमा कोलकाता नाइट राइढर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान अजिनक्या रहाणे हुन् । उनले हालसम्म ६ खेलमा कुल दुई सय चार रन बनाएका छन् । उनले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध ३१ बलमा ५६ रन बनाएका थिए । 

रहाणले हालसम्म दुईवटा अर्धशतक प्रहार गरिसकेका छन् । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने वरुण चक्रवर्ती हुन् । उनले ६ खेलमा आठ विकेट लिइसकेका छन् । 

varun-chakaravarthy

ब्याट्सम्यानलाई साथ दिने पिच
कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबिच मंगलबारको खेल हुने मुल्लापुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा निकै रन बन्ने गरेको छ । 

यो स्टेडियममा हालसम्म आईपीएलको कुल सात खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा पहिले ब्याटिङ गर्ने टोली र तीन खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । 

यो स्टेडियममा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय १९ रन हो । यो स्कोर अघिल्लो सिजनको आईपीएलमा चेन्नई सुपर किङ्सविरुद्ध पञ्जाब किङ्सले बनाएको थियो । 
छैन वर्षाको सम्भावना 
पञ्जाब किङ्स र कोलकाता नाइट राइडर्सबिच खेल हुने दिन मंगलबार मुल्लापुरमा वर्षाको कुनै सम्भवाना नहरेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर चर्को गर्मी हुने बताइएको छ । तापक्रम २४ देखि ३८ डिग्री सेल्सियसको बिचमा रहने छ । 

सम्भावित टोली 
पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंह, शशांक सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, सूर्यान्श शेड्गे, मार्को यानसन, जेभियर वार्टलेट, युजवेन्द्र चहल, अर्शदीप सिंह र नेहल बढेरा । 

कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), क्विन्टन डी काक, सुनिल नारिन, वेंकटेश ऐयर, रिन्कु सिंह, मोइन अली, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राणा, वैभव अरोडा, वरुण चक्रवर्ती र अंगकृष रघुवंशी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप