राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन

काठमाडौँ । कमलपोखरी स्थित सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ । नयाँ वर्षको विशेष अवसर पारी सञ्चालनमा आएको सिनेमा अभिनेता राजेश हमालले उद्घाटन गरे ।
समारोहमा हमालले आफैँले पनि १८ डी सिनेमाको अनुभव लिए । कार्यक्रममा हमालले १८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएजस्तै महसुस भएको उल्लेख गरे । यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै नभएको उनले बताए ।
सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन् । फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमामा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास पाउनेछन्।
सञ्चालक गुरुङका अनुसार, यहाँ दर्शकहरूले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध, र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक फिल्महरू ५ देखि ३० मिनेटको अवधिमा हेर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल