१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख

काठमाडौँ । नेपालमा हालसम्म ३० किसिमका विरुवाको मात्र बीमा लेख भएको छ । नेपाल बीमा प्राधिकरणबाट २०६९ माघ १ गतेबाट बाली, पशुपन्छी तथा अन्य गरी चार किसिमका बीमालेखहरू जारी गरी औपचारिक रूपमा कृषि तथा पशुपन्छी बीमाको सुरुवात गरिएको थियो ।
तर यो १२ वर्षमा अर्थात २०८०/८१ सम्म कृषि तथा पशुपन्छी बीमाअन्तर्गत २१ वटा बाली, ७ किसिमका पशुपन्छी र २ प्रजातिका जडीबुटी गरी जम्मा ३० किसिमका बीमालेखहरू जारी भएका नेपाल बीमा प्राधिकरणले उल्लेख गरेको छ ।
सरकारले २०८१ मा ‘बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१’ जारी गरी कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा ५० देखि ८० प्रतिशत अनुदान पुर्याएको छ ।
बाली तथा पशुधन बीमाको बीमा प्रिमियम रकम फरक–फरक छ । सो कार्यविधिअनुसार ५९ लाख रुपैयाँसम्म बीमाङ्क रकमलाई ८० प्रतिशत अनुदान दिइने उल्लेख छ । यस्तै ५० लाखदेखि एक करोड रुपैयाँसम्म बीमाङ्क रकमलाई ६५ प्रतिशत अनुदान र एक करोड रुपैयाँभन्दा माथि बीमाङ्क रकमलाई ५० प्रतिशत अनुदान दिने उल्लेख छ ।
कृषि तथा पशुपन्छी बीमाको बीमाङ्क ०७६/७७ मा २२ अर्ब ९ करोड ४९ लाख रहेकोमा ०७७/७८ मा १९.४० प्रतिशतले वृद्धि भई २६ अर्ब ३८ करोड रुपैयाँ बीमाङ्क रहेको प्रधिकरणले जनाएको छ ।
२०७७/७८ को तुलनामा ०७८/७९ मा बीमाङ्क रकममा ६३.३३ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको देखिन्छ । त्यसैगरी ०७९/८० मा १.१८ प्रतिशतले कमी हुदाँ बीमाङ्क रकम ४२ अर्ब ५७ करोड ७५ लाख रुपैयाँ पुगेको देखिन्छ ।
साथै ०८०/८१ मा भने बीमाङ्क रकम १.०४ प्रतिशतले कम भई ४२ अर्ब १३ करोड ५४ लाख रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ । सरकारले कृषि तथा पशुपन्छी बीमा शुल्कमा ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ ।
२०८०/८१ मा कृषि तथा पशुपन्छी बीमातर्फ जम्मा १ लाख ५६ हजार १२१ वटा बीमालेख जारी भई ४२ अर्ब १३ करोड रुपैयाँ बराबर बीमाङ्क कायम गरी २ अर्ब ०२ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन भएको प्रधिकरणले उल्लेख गरेको छ । जसमध्ये नेपाल सरकारद्वारा प्रदान गरिने ८० प्रतिशतका दरले हुन आउने अनुदान रकम भने १ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ बराबर देखिन्छ । त्यसैगरी ०८०/८१ मा बीमकहरूबाट कृषि तथा पशुपन्छी बीमाअन्तर्गत १ अर्ब ५६ करोड ९१ लाख बराबरको रकम दाबी भुक्तानी भएको देखिन्छ ।
किसान आफैँले बीमा गर्न सक्ने
कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमाको रियल टाइम सफ्टवेयर सञ्चालनमा ल्याएसँगै किसान आफैले बीमा गर्न सक्ने भएका हुन् ।
कृषि क्षेत्रमा सबैभन्दा बढी पशुधन बीमा हुने भएकाले सुरुमा सोको बीमा गर्न सकिने छ । यस्तै तरकारी बालीको पनि बीमा गर्न सकिने छ । तत्काललाई दुई बालीको बीमा अनलाइनबाट गर्न सकिने मन्त्रालयले जनाएको छ ।
सफ्टवेयर सञ्चालन आएसँगै कृषि बीमा पारदर्शी हुने मन्त्रालयको दाबी छ । कृषि बीमामा आबद्ध १४ वटा कम्पनी छन् । कृषि बीमा गर्न नेपाल बीमा प्राधिकरणको वेबसाइट जाने र त्यहाँबाट आईडी बनाई कृषि बीमा गर्न सकिने छ ।
कृषि नेपालको अर्थ व्यवस्थाको मुख्य आधार हो । र, देशको दुई तिहाइ जनसंख्याको जीविकाको स्रोत कृषि हो । कुल ग्रार्हस्थ्य उत्पादनमा कृषिको योगदान २७ प्रतिशत छ ।
कृषि व्यवसाय अन्तर्गत बाली तथा पशुधनको सम्भावित हानि नोक्सानीबाट उत्पन्न हुने आर्थिक क्षतिपूर्तिका लागि गरिने बीमा कृषि बीमा हो । खेती गरिएका खाद्यान्न, तरकारी, फलफूल, नगदेबाली, औद्योगिकबाली, मत्स्यपालन, मौरीपालन, च्याउ खेतीलगायत विभिन्न प्रकारका बाली र घरपालवा पशु तथा पन्छीहरूको जोखिम सुरक्षणका लागि कृषि तथा पशुपन्छी बीमाको अवधारण विकास भएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
-
सङ्घीय निजामती विधेयक : अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’ को अवधिमा सहमति जुटाउन सकस
-
विमानको इन्जिनमा आगो लाग्यो, अवतरणका क्रममा एउटा पाङ्ग्रा भाँचियो
-
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति