बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

प्रिमियर लिगमा बर्नमथ विजयी

मङ्गलबार, ०२ वैशाख २०८२, ०५ : ५९
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा बर्नमथले फुलहमलाई हराएको छ । आइतबार राती भएको खेलमा बर्नमथले पाहुना टोली फुलहमलाई १-० ले हराएको हो । 

खेलको पहिलो मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै मर्नमथलाई जिताउन निर्णायक बन्यो । त्यसपछि दुबै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि गोल हुन सकेन । 

यो जितपछि बर्नमथ अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ भने अंक बराबरी भएपनि फुलहम नवौं स्थानमा धकेलिएको छ । ३२ औं चरणका खेल सकिनै लाग्दा शीर्ष स्थानको लिभरपुलको ७६ अंक छ भने दोस्रो स्थानको आर्सनलको ६३ अंक छ । त्यसपछिका सबै टोलीको अंक ६० भन्दामुनि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप