१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमै
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १३ औँ दिन पनि प्रदर्शन जारी राखेका छन् । नयाँ वर्षको उत्सव मनाइरहँदा शिक्षकहरू भने आफ्नो माग पूरा गर्न दबाब दिँदै सडकमै केन्द्रित रहे । सरकार र शिक्षकबिच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
२. एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा
सरकारको नेतृत्व गर्दै आएको दल नेकपा एमालेको सोमबार बसेको सचिवालय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मको चर्चा भएको छ ।
‘गणतन्त्र उल्ट्याउने ज्ञानेन्द्र शाहको प्रयत्न, सरकार परिवर्तनको कुरा सत्तामोह र कुण्ठा मात्र’
पार्टी कार्यालयमा एमाले नेतालाई सिस्नु !
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने
३. भारतमा लुक्दा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
चैत १५ गते तीनकुनेमा भएको घटनापछि लुकेर भारत पुगेका दुर्गा प्रसाईं त्यहाँका विभिन्न राज्यमा पुगेको तथ्य प्रकाशमा आएको छ । उनले भारतमा करिब दुई साता लुक्दा विभिन्न व्यक्तिसँग भेटेर आफू सुरक्षित रहने प्रयास गरेको तथ्य खुलेको हो ।
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
४. निलम्बित न्यायाधीश गिरी रिहा
वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उनी सोमबार बिहान कारागारबाट छुटेको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ ।
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
निलम्बित न्यायाधीश गिरीलाई सफाइ दिन अदालतले लिएका ५ आधार
५. नयाँ वर्ष २०८२ को स्वागत
नयाँ वर्ष २०८२ को स्वागत गरिएको छ । सोमबार नयाँ वर्षको पहिलो दिन नेपालीहरूले हर्षोल्लासका साथ मनाएका छन् ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
२०८२ साल कुन राशिका लागि शुभ ?
नयाँ वर्षको पहिलो सूर्योदय, तस्बिरहरू
२०८१ साललाई फर्केर हेर्दा, देशभरि के-के भयो ? (तस्बिरहरू)
६. बैंकहरूले लागु गरे नयाँ ब्याजदर
बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सोमबारदेखि लागु भएको छ । जसअनुसार अधिकांश बैंकले सर्वसाधारणको मुद्दती बचतमा दिने ब्याजदर यथावत राखेका छन् । वैशाख महिनामा एउटा बैंकले मात्रै बचतकर्तालाई दिने ब्याज बढाएको छ भने तीन वटाले घटाएका छन् ।
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
७. ‘मौकामा चौका’ हान्न समर्थक उचाल्ने ज्ञानेन्द्रको प्रयास
जनआन्दोलनको बलमा २४० वर्षीय शाह वंशीय राजतन्त्र ढलेपछिका केही वर्षसम्म पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास र नागार्जुनमा चुपचाप बसे । पछिल्ला वर्षहरूमा भने वर्तमान व्यवस्था र दलहरूको गतिविधिलाई लिएर बेलाबेला विज्ञप्ति र सार्वजनिक समारोहमार्फत घोपपेचमा उत्रिने गरेका पूर्वराजाको अभिव्यक्ति फागुन ७ सम्म आइपुग्दा ‘क्लाइमेक्स’मा पुग्यो ।
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
८. छलफलपछिमात्र कांग्रेसले भ्रातृ संगठनबारे निर्णय लिने
नेपाली कांग्रेसले पार्टीले दिएको समयभित्र महाधिवेशन गर्न नसक्ने ७ भ्रातृ संस्थाको तदर्थ समिति राख्ने कि भङ्ग गर्ने भन्नेबारे छलफलपछि मात्रै निर्णय लिने भएको छ । पार्टीसँग समन्वय गर्न भन्दै पार्टी नेताहरूको नेतृत्वमा महाधिवेशन निर्देशन समितिसमेत बनाएर कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न भन्दै १० भ्रातृ संस्थालाई निर्देशन दिएको थियो । तीमध्ये तीन भ्रातृ संस्थाले मात्रै पार्टीले दिएको समयमा महाधिवेशन गर्न सकेका छन ।
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
९. माओवादीको अभियान सुरु
पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान फेरि सुरु भएको छ । केही समय रोकिएको अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारदेखि सुरु भएको हो ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु
१०. चार पटक मिति परिवर्तन गर्दा पनि हुन सकेन राष्ट्रिय खेलकुद प्रतियोगिता
१० औँ राष्ट्रिय प्रतियोगिता अन्योलमा परेको छ । चार पटक मिति परिवर्तन गर्दा पनि प्रतियोगिता हुन नसकेको हो । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
११. अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् । अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन् । यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ । यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन् । विशबोन माकुरा अस्ट्रेलियामा पाइने एक विशेष प्रकारको माकुरा हो, जुन ‘एनेम’ नामक समूहमा पर्दछ ।
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
१२. धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
नयाँ वर्षको अवसरमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन् । ‘अब धनगढी दौडिन्छ”, भन्ने नाराका साथ आयोजित हाफ म्याराथनमा खडकाले २१।१ किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै ७५ हजार नगद पुरस्कार प्राप्त गरे । खड्का त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल