गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
सोमबार, ०१ वैशाख २०८२, २२ : ३०

काठमाडौँ । लामो समयदेखि क्यानडामा रहँदै आएका गायक सुरज आचार्यको नयाँ गीत ‘सुकुमारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर रिलिज गरिएको यो भिडियोमा कुसुम शर्मा र केवलजङ्ग कुँवरले अभिनय गरेका छन् ।
धादिङको एक गाउँमा छायाङ्कन गरिएको भिडियोलाई गौरव श्रेष्ठ र हेरुका लामाले खिचेका हुन् भने जनक देवकोटाले भिडियोलाई निर्देशन गरेका छन् । गायक आचार्यको आफ्नै शब्द र सङ्गीतमा तयार भएको यो गीतको भिडियो गाउँले परिवेशमा निर्माण गरिएको छ ।