शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल

सोमबार, ०१ वैशाख २०८२, २१ : ५७
सोमबार, ०१ वैशाख २०८२

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताएका छन् । 

गतवर्ष ढोरपाटन उपत्यकामा भएको महासङ्घको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको उक्त परियोजनाले जलविद्युत् र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई सहयोग गर्ने उनले जानकारी दिए । 

मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामाग्री प्रकाशन गनुपर्ने बताए । 

ढोरपाटन दैनिकले आज यहाँ आयोजना गरेको २०८२ सालको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदानमा उनले युवा रोजगारी बढाउन पर्यटन र जलविद्युत्मा लगानी आवश्यक भएको बताए ।

त्यसैका लागि महासङ्घको अगुवाइमा गतवर्ष १० अर्बको ठूला परियोजना स्थापना गरिएको उनको भनाइ छ । 

अध्यक्ष ढकालले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरणको सुरुवात गरेको बताए । 

नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजी रहेकाले सरकारले वातावरण बनाउनुपर्ने उनको धारणा थियो । 

ढकालले विदेशीले नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताए। 

बैंकहरुले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेण्डा पूरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । 

जसका कारण विश्वव्यापी आर्थिक सङ्कटको असर नपरोस् भन्ने चाहेको महासङ्घका अध्यक्ष ढकालले बताए । 

ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पूँजी अभाव भएमा ठूला परियोजनामार्फत साथ दिने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप