नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
सोमबार, ०१ वैशाख २०८२, २१ : ४७

काठमाडौँ । जाजरकोटमा भूकम्प गएको छ ।
२०८२ सालको पहिलो दिन नै ९ बजेर ३१ मिनेट जाँदा जाजरकोट जिल्लामा ४ दशमवल १ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबारे क्षतिको तत्काल कुनै रिपोर्ट भने प्राप्त भएको छैन । अधिकारीहरूले स्थितिको निगरानी गरिरहेका जनाएका छन् ।
सोमबार राति ९ बजेर ३२ मिनेटमा जिल्लाको पैंक भन्ने स्थानमा भूकम्प गएको हो । उक्त स्थान रहेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भुइँचालो गए पनि क्षति भने नभएको रातोपाटीलाई बताए । उनले भने, '९ बजेर ३२ मिनेटमा भुइँचालो गएको हो, मैले सबै वडाध्यक्ष र केही वडासदस्यहरूलाई फोन गरेर बुझेँ, क्षति भएको भन्ने जानकारी आएको छैन ।'
पैंक भनिने उक्त स्थान उक्त गाउँपालिकाको वडा नम्बर ९ मा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते