बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ वर्षमा आन्तरिक र बाहिरी पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)

सोमबार, ०१ वैशाख २०८२, २१ : ३०
सोमबार, ०१ वैशाख २०८२

दोलखा । दोलखाको पर्यटकीय स्थल सैलुङमा नयाँ वर्ष २०८२ सालको पहिलो दिन आज आन्तरिक तथा बाहिरी पर्यटनको भिड लागेको छ । नयाँ वर्षको अवसर पारेर सैलुङमा सोमबार ५० हजार बढी पर्यटन सैलुङ पुगेको अनुमान गरिएको छ । 

sailung-tourist (1)

समुन्द्री सतहदेखि ३१ सय ४८ मिटर उचाइमा अवस्थित सैलुङ डाँडा पछिल्लो समय आन्तरिक तथा बाहिरी पर्यटनको रोजाइमा पर्न थालेको छ। सैलुङका रमणीय डाँडाहरू नयाँ वर्षको  पहिलो दिन विदेशी र स्वदेशी पर्यटकले भरिएका थिए ।  सैलुङमा रहेको सैलुङ्गेश्वर महादेवको मन्दिरमा सामूहिक लघु रुद्री पूजा गरिएको थियो ।

sailung-tourist (3)

वरिष्ठ समाजसेवी तथा राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष शोभित उप्रेतीको सहयोगमा यहाँ लघु रुद्री समेत सम्पन्न भएको छ ।  हजारौँ पर्यटकहरूको आगमन हुन थालेपछि यहाँका स्थानीयवासीहरू खुसी भएका छन् । 

sailung-tourist (4)

यस ठाउँ नेपालकै आकर्षक पर्यटन गन्तव्य बन्न लागेपछि नयाँ नयाँ होटलहरू खुल्ने क्रम बढ्न थालेको छ । आजै हजारौँको संख्याका सवारी साधनमा पर्यटकको उपस्थिति रहेको र मेलासमेत लागेको थियो । यहाँको विकास र पर्यटन प्रवर्द्धनका लागि समाजसेवी उप्रेती लगायतका स्थानीय जनप्रतिनिधिहरू सक्रिय भइरहेका छन् ।

sailung-tourist (6)sailung-tourist (2)sailung-tourist (6)sailung-tourist (7)sailung-tourist (8)sailung-tourist (9)sailung-tourist (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप