बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल

सोमबार, ०१ वैशाख २०८२, २० : ०३
सोमबार, ०१ वैशाख २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण सहित राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् । 

सोमवार नगरकोट भ्रमण वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र रहेको पनि बताए । 

उनले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हुने जिकिर गरे । उनले काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट भएको बताए । 

पर्यटन पूर्वाधारको बिस्तार र सहज आगमनको लागि सडक स्तरोन्नति गर्न ध्यान दिनुपर्ने बताउनु भयो । सांस्कृतिक, आर्थिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने बताए । 

उनले भने,‘जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण सहित राष्ट्र निर्माणमा जुट्न प्रेरणा दिओस् । विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्रले यसबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने मैले विश्वास लिएको छु । काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट ।’ 

राष्ट्रपति पौडेलले नगरकोटले देश विदेशमा नेपाललाई चिनाउन मद्दत गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप