पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन

पोखरा । पर्वत र आयोजक एलिट प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । पोखरामा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल च्याम्पियन बनेको हो ।
पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित गर्यो । पर्वतले ट्रफीसहित नगद एक लाख पुरस्कार पाएको छ । पिरामिड कन्ट्रक्सन हङकङले ५० हजार पायो ।
महिलातर्फ आयोजक टोली एलिट भलिबलले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्यो । एलिटले ५० हजारसहित ट्रफी हात पार्यो । उपविजेता बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ ।
पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ वेष्ट सर्भर रेशम छन्त्याल, वेष्ट सेटर विवश आले, वेष्ट ब्लकर सुगम विक, वेष्ट स्पाइकर सन्तोष विक र वेष्ट डिफेन्डर जितबहादर सार्की घोषित भए ।
महिलातर्फ वेष्ट सर्भर रिक्जना बोटे, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर विष्णु क्षेत्री, वेष्ट स्पाइकर सोइङ थापा र वेष्ट डिफेन्डर काजल श्रेष्ठ बनिन् ।
विजेता, उपविजेतालाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा. मधुसुधन सुवेदी, भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङसहितले ट्रफी र मेडल प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म