भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
सोमबार, ०१ वैशाख २०८२, १७ : ५१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा रहेका भाषाहरूलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । विसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरू हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् ।
उनले समुदायको भाषा हराउन थाले समुदाय र समाज कमजोर र विखण्डित हुने जिकिर गरे । सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुगेको भन्दै उनले भाषाको जगेर्नामा लाग्न देउडा समाजलाई सुझाव दिए ।
संसारभरका मान्छेहरू आफ्नो भाषा बचाउनका गम्भीर भएको अवस्थामा देशमा बोलिने भाषाहरूलाई पनि बचाउन लाग्नुपर्ने धारणा राखे । कार्यक्रमपछि सुदूरपश्चिम घर भई हाल काठमाडौँमा बस्दै आएका सुदूरपश्चिमबासीले देउडाखेल खेली हर्षोल्लासका साथ विसु पर्व मनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन